२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई सरकारको होइन देशको चिन्ता छ – ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जाने खेलमा नरहेको बताएका छन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले जनमानसबीच एमाले सरकारमा जाने दाउमा रहेको आशंका पैदा भइरहेको भन्दै एमालेलाई सरकारको भन्दा देशको चिन्ता रहेको बताए ।

अध्यक्ष ओलीले भने – ‘सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने हल्ला छ । तर, एमालेलाई सरकारमा रुची होइन । चिन्ता सरकारको होइन देशको हो ।’

उनले अगाडि भने ‘एमालेले सत्तामोह छैन । सत्तातर्फ हेर्नुपनि छैन । तर, यसको अर्थ सरकारले जे गरेपनि हुन्छ भन्ने कुरा चल्दैन । सरकारलाई जे पनि गर्न छुट छैन ।’