काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर भएको छ। हिजो (बिहिबार)छापावाला सुनको मुल्य प्रतितोला रु ९१ हजार ६ सयमा कारोबार भएकोमा आज (शुक्रबार) पनि सोहि
मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजावी सुनको मुल्य पनि हिजो (बिहिबार) कै मुल्य प्रतितोला रु ९१ हजार १ सय कायम भएको महासंघले जनाएको हो ।
त्यसैगरी चाँदीको मूल्य भने प्रतितोला रु १३३० रुपैयाँ कायम भएको छ ।







