२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् गर्भावस्थामा खानुपर्ने खानेकुराहरु, जान्नुहोस्



अ+ अ-

काठमाडौं। गर्भावस्थामा गर्भवती महिलाको स्वास्थ्यमा कुनै पनि प्रकारको लापरवाही हुन हुदैन । यस समयमा हुने सानो गल्तीले पनि आम र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउनसक्छ । यस समयमा परिवारका अन्य सदस्यले पनि गर्भवती महिलाको हेरचाहा गर्नुपर्छ । यस समयमा पर्याप्त मात्रामा पौष्टिकयुक्त खानेकुरा खानु जरुरी छ । जसले गर्दा पछि आमा र बच्चा दुवै स्वास्थ्य रहन्छन् । बच्चालाई कुपोषण जस्ता समस्या पछि हुन् पाउदैन । गर्भवती महिलाले पौष्टिकयुक्त खाना के खाने त रु भन्ने कुरा धेरै महिलालाई थाहा हुने गर्दैन । यस्तो अवस्थामा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने कुरा पनि जानी राख्नुपर्छ ।

गर्भावस्थामा खानुपर्ने खानेकुराहरु :

१) अण्डा- अण्डा खानाले बच्चाको दिमाग र स्पाइनल कर्ड राम्ररी विकास गर्न सघाउ पुर्याउँछ ।

२) साल्मोन– यो गर्भको शिशुको स्वस्थ विकासका लागि निकै लाभदायी हुन्छ ।

३) गेडागुडी- गेडागुडी खानाले गर्भावस्थामा निम्तने साझा समस्या कब्जियत र हेमोरोइड्सबाट पनि रोकथाम गर्छ ।

४) सखरखण्ड- सखरखण्डले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्छ, यो शरीरमा भिटामिन एमा परिवर्तन हुन्छ । यो भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो ।

५) होल ग्रेन- होल ग्रेनमा पाइने फाइटोन्युट्रियन्ट्सले शरीरका कोषलाई रक्षा गर्छ ।

६) ओखर- ओखर ओमेगा थ्रि एसको राम्रो स्रोत हो । यसमा प्रोटीन र फाइबर पनि पाइन्छ । बिहानै स्न्याक्सका रुपमा या सलादका रुपमा ओखर खान सकिन्छ ।

७) दही- दहीमा पाईने क्याल्सियमले हड्डी मजबूत पार्नुका साथै शिशुको स्वस्थ हड्डीको विकास गर्न सघाउ पुर्‍याउँछ ।

८) गाढा हरियो सागसब्जी- पालुंगोजस्ता गाढा हरियो रंगका सागसब्जीमा भिटामिन र पोषकतत्व हुन्छन् । खासगरी हरियो सागसब्जीमा भिटामिन ए, सी र केका साथै फोलिक एसिड पाइन्छ ।

९) बोसोरहित मासु- बोसो नभएका मासुमा स्पाइनल कर्ड मजबूत बनाउन उपयोगी मानिने कोलिन पाइन्छ । तर, राम्ररी नपाकेको या आधा पाकेको मासुबाट भने टाढै रहनुपर्छ, त्यस्तो मासुमा ब्याक्टेरिया र परजीवी हुने सम्भावना हुन्छ । जुन गर्भमा बढिरहको शिशुका लागि खतरनाक हुन सक्छ । (एजेन्सीको सहयोगमा)