काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । सुनको मुल्य प्रतितोला रु ३ सयले घटेको छ । हिजो (मंगलबार) प्रतितोला रु ९२ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुनको मुल्य आज (बुधबार) रु ३ सयले घटेर प्रतितोला रु ९२ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजावी सुनको मुल्य पनि घटेर ९१ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यसैगरी चाँदीको मूल्य भने प्रतितोला रु १३४५ रुपैयाँ कायम भएको छ ।







