२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैशाख २९ गते बुधबार, यी राशिहुनेहरुलाई आजको दिन एकदमै फाईदाजनक ! हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज मनपर्ने खानेकुरा पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । साँझमा खर्च बढ्ने र आफूलाई कमजोर भएको महसूस हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज घरपरिवारसँग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर नयाँ र शुभ कार्यको योजना बन्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावना देखिन्छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । हाम्रो पात्रो