२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बैशाख २८ गते मंगलबार, कस्तो रहनेछ तपाईको आजको दिन ? हेरौं राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् । 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आज घरमा शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा चमक र मन प्रसन्न रहला । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइनसक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): नयाँ कमको योजना बन्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज प्राविधिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ । हाम्रो पात्रो