९ असार २०८३, मंगलवार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुङ र पौडेलले पनि छोडे राप्रपा



अ+ अ-

काठमाडौँ । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेसँगै उनी पक्षीय नेताहरुले पनि राप्रपा छोड्ने क्रम सुरु भएको छ । पार्टीका संस्थापक नेताहरु चन्द्र गुरुङ र उद्धव पौडेलले पनि राप्रपाबाट अलग भएको घोषणा गरेका छन् । कुनै कारण नखुलाई उनीहरुले सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्, “राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु । सबैको जय होस् ।” त्यस्तै पौडेलले लेखेका छन्, “राप्रपालाई एकताबद्ध बनाउने मेरो भगीरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुस्खी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु । जय होस् ।”

थापा पक्षधर नेताहरुले विस्तारै राप्रपाबाट अलग्गिने तयारी गरिरहेको बताइएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गर्नु अनपेक्षित रहेको भन्दै बताउनुभएको थियो। लगत्तै लिङ्देनको अध्यक्षतामा बसेको उपलब्ध पदाधिकारीको केन्द्रीय बैठकले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो।