२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैशाख २७ गते सोमबार, यी राशिहुनेहरुको लागि आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा पनि अवरोध आउनसक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त सँग कुराकानी हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आज रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाईनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहन सक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती । हाम्रो पात्रो