९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन : बिष्णु रिमाल



अ+ अ-

काठमाडौ । नेकपा एमाले उपमहासचिव विष्णु रिमालले स्थानिय तहमा उम्मेदवार हुन राजीनामा दिनुपर्ने सर्त अस्वीकार्य भएको जनाउनु भएको छ । निर्वाचन आयोगले उम्मेदबारी दर्ता गर्नु अघि साबिक पदबाट राजीनामा दिनु पर्ने प्राबधान राखेकोमा आपत्ति जनाउँदै रिमालले सामाजिक सञ्जालमा लेख्नुभएको छ –

प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका "प्रधानमन्त्री"-पालिका अध्यक्ष वा मेयरहरुले चाहिँचुनावमा जानुअघि पद खाली गरिजनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन?

निर्वाचनमा जादा पद्को दुरुपयोग नहोस्, सोच्नु पर्ला । तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ? निर्वाचन आयोग ! कुनैपनि सेवा अबरुद्ध नहोस भनेर अबधी सकिनु २ महिना अघि चुनाव गर्नुपर्ने कानुनी प्राबधान राख्ने, तर त्यही कानुन बिपरित पद खाली गर्ने प्राबधान आचार संहितामा किन राख्ने ?