२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर अकाउन्ट सदाका लागि बन्द



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर अकाउन्ट ट्वीटरले सदाका लागि बन्द गरिएको छ । ट्वीटका कारण उनी निकै विवादमा आइरहने गर्थिन् ।

उनले बंगालमा भएको निर्वाचनलाई लिएर ममता बेनर्जीप्रति लक्षित ट्वीट गरेकी थिइन् ।

उनले गरेको ट्वीट सामाजिक सद्भावमा खलल पुग्ने खालको भएको भन्दै ट्वीटरले कंगनाको ट्वीटर बन्द भएको हो । उनी अब अन्य सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुसँग जोडिने बताइएको छ । 

केही समय अगाडि अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर काउन्ट ट्वीटरले बन्द गरिदिएको थियो ।