२६ असार २०८३, शुक्रबार
,
Latest
भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधिको मुल्य विक्रिमा अवैध काम गरे लाइसेन्स रद्दसम्म गराइने



अ+ अ-

काठमाडौं । कोभिडको बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मुल्य लिनेलाई विभागले कडा कारबाही गर्ने भएको छ । मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको कोभिड १९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताउनुभयो । 

कुनै बिक्रेताले औषधिको मुल्य लगायतको विक्रिमा अवैध काम गरे लाइसेन्स रद्द गराउने सम्मको कारबाही गर्न सकिने महानिर्देशक भट्टराईले बताउनुभयो । बजारमा अलिअलि अभाव भएपनि आपुर्ति नियमित गर्न ३ हजार भाइल रेम्डेसिभिर बनारसबाट मगाइएको बताउनुभयो ।

कोभिड अस्पतालको मागको आधारमा आवश्यक रेम्डेसिभिर र अत्यावश्यक औषधिको व्यवस्थापन गर्न विभागले सबै पक्षसँग समन्वय गरेर काम गरिरहेको महानिर्देशक भट्टराईको भनाई छ । विभागले ५५ हजार रेम्डेसिभिर ल्याउन आयातकर्ताहरुलाई अनुमति दिएको बताएको छ । औषधिको अभावमा कोही बिरामी मर्नु नपरोस् भनेर काम गरिरहेको महानिर्देशक भट्टराईले बताउनुभयो ।