२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिटकिरीका फाइदा- चायाँ हटाउने देखि आँखाको रोग निको पार्छ, जान्नुहोस्



अ+ अ-

काठमाडौं । फिटकिरीले केवल पानी मात्र सफा गर्दैन। यो एक औषधीय गुण भएको रसाएनीक पदार्थ हो । यसले स्वास्थ्यमा पनि कयौं तरिकाले फाइदा गर्छ। यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ। फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ। म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ।

कपाल बाक्लो बनाउन: मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस्। १५-२० मिनेट पश्चात चिसो पानीले धुनुस्। हप्तामा एक पटक यस्तो गर्दा कपाल बाक्लो हुन्छ।

आँखाको रोगमा: सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्कीरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २ थोपा बिहान बेलुका हाल्नाले ठीक हुन्छ ।

ज्वरो आएमा: दिनदिनै वा ३,४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिट्किरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसंग खानुहोस् र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३,४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।

मलेरिया ज्वरोमा: फुराएको फिट्किरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ ।

दम खोकीमा: दूधे बालकलाई खोकी लागेमा फुराएको फिट्किरी १ चिम्टी हालेर पानीमा फिटेर आमाको थुनमा लगाउनाले खोकी कम हुन्छ । जब बच्चाले दूध खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ ।

पेट बटारिएर दुख्ने रोगमा: फुराएको फिट्कीरीको चूर्ण १ चिम्टी २ वटा दाखभित्र हालेर बिहानरबेलुका पानीसँग खाने गरेमा केही दिनमै दुखेको पेट ठीक हुन्छ ।

दन्त शूलमा: सिमालीको जरा फिट्किरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।

डण्डिफोर र छालाको चायामा: फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ (एजेन्सीको सहयोगमा)