२६ असार २०८३, शुक्रबार
,
Latest
भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण आइपिएल स्थगित



अ+ अ-

एजेन्सी । भारतमा जारी १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित भएको छ।

कोरोना महामारीका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले मंगलबार अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको हो । 

खेलाडीहरु तथा टिम स्टाफहरूमा कोरोना संक्रमण देखिन थालेपछि बिसिसिआईले अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको बताएको छ ।

 कोलकाता नाइट राइडर्सका २ तथा  सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सका एक–एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यसका साथै चेन्‍नईका मुख्य कार्यकारी अधिकारी कासी विश्वनाथन, बलिङ कोच एल बालाजी र एक बस क्लिनरलाई पनि कोरोना देखिएको थियो । यस सिजनमा २९ खेलहरु भइसकेका छन् । दर्शकविनै रंगशालामा खेलहरु खेलाइँदै आएको थियो।