२६ असार २०८३, शुक्रबार
,
Latest
भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा मेट्रो ट्रेन सडकमा खस्दा १५ जनाको मृत्यु, ७० घाइते



अ+ अ-

एजेन्सी । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ओभरपास भत्किएर मेट्रो ट्रेन सडकमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सोही घटनामा परी ७० जना घाइते भएका छन्। सोमबार राति मेट्रो ट्रेन गुडिरहँदाओभरपास भत्किएर सडकमा खसेको हो।

मेक्सिको सिटीका मेयर क्लाउडिया शिनबौमले १५ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। मेट्रो ट्रेन ओभरपास मुनि सडकमा गुडिरहेका कारहरूमाथि खसेको स्थानीय मिलेनियो टिभीले प्रसारण गरेको भिडिओमा देखिएको छ। 

'दुर्भाग्यवश त्यहाँ मृतक र घाइते मानिस छन्। अहिले म घटनास्थलमा कमान्ड सेन्टर स्थापना गर्न सहयोग गर्दैछु,' मेयर शिनबौमले ट्विटरमा लेखेका छन्। अहिलेका विदेशमन्त्री मार्सेलो इब्रार्ड मेक्सिको सिटीका मेयर हुँदा मेट्रो बनेको थियो। उनले यस घटनाको अनुसन्धान गर्नुपर्ने बताएका छन्।