जापान । कोरोना संक्रमितको संख्या नियन्त्रण बाहिर गैरहेको जापानको कान्साई क्षेत्रमा उपचारका लागि बेड अभाब हुन थालेको भन्दै अधिकारीहरुले संकटकालीन स्थिति नजिक रहेको चेतावनी दिएका छन् ।
कान्साई क्षेत्र अन्तरगत पर्ने ओसाका, क्योतो, ह्योगो, नारा, सिगा र वाखायामा सोमबार एकैदिन १ हजार ४ सय ३४ जना संक्रमित थपिएपछि यस्तो चेतावनी जारी गरिएको हो । सोमबारको तथ्यांक अनुसार ओसाकामा ८४७, ह्योगोमा ३४४, क्योतोमा १२१, नारामा ७०, सिगामा ३७ र वाखायामामा १५ जना गरि १ हजार ४ सय ३४ जना नया संक्रमित थपिएका छन् भने ओसाका १९, वाखायामा ४ र ह्योगोमा २ गरि २५ जनाको मृत्यु भएको छ ।
गम्भीर अबस्थाका बिरामीहरुलाई मात्रै अस्पतालमा भर्ना गर्दा पनि ह्योगो प्रिफेक्चरमा २० प्रतिशत मात्रै बेड बाँकी रहेको एन एच के ले ९जापानको सरकारी संचार सस्था० जनाएको छ । सोमबार सम्मको आंकडा अनुसार ओसाकामा सामान्य र मध्यम प्रकृतिका ६८ जना संक्रमितलाई छुट्टै ब्यबस्था गरि उपचार गराउदा पनि ९९।७ प्रतिशत बेड प्रयोगमा रहेका छन् ।
ओसाका, क्योतो र ह्योगो आपतकाल घोषणा गरिएका क्षेत्र हुन् । आपतकाल लगाउदा पनि संक्रमण नियन्त्रण बाहिर जान थाले पछि आपतकालको अबधि केहि समय लम्बिने सम्भावाना छ । यद्यपी आपतकालको अबधि थप्ने कि नथप्ने भन्ने निर्णय भने हप्ताको अन्त्यतिर गरिनेछ ।












