२६ असार २०८३, शुक्रबार
,
Latest
विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाद्वारा बंगलादेश २०९ रनले पराजित, शृंखला १–० ले कब्जा



अ+ अ-

पालिकेलीः श्रीलंकाली बलर प्रवीन जयविक्रमाले ११ विकेट लिएसँगै श्रीलंकाले बंगलादेशलाई दोस्रो तथा अन्तिम टेस्टमा २०९ रनले पराजित गरेको छ । स्पिनर प्रवीनको श्रीलंकाका लागि यो पहिलो टेस्ट खेल हो ।  

श्रीलंकालाई पाँचौं दिन जितका लागि पाँच विकेट चाहिएको थियो जसमा प्रवीन एक्लैले तीन विकेट लिएका थिए । उनले दुबै इनिङमा १७८ रन खर्चेर ११ विकेट लिए । उनी प्लेयर अफ द म्याच पनि घोषित भए ।

श्रीलंकाका लागि यसअघि तीन वर्षअघि अकिला धनन्जयले पहिलो खेलमा बंगलादेश विरुद्ध ८ विकेट लिएको रेकर्ड बनाएका थिए ।

बंगलादेशले अन्तिम तीन विकेट ८ बलको अन्तरालमा गुमाएको थियो ।

अफ स्पिनर रमेश मेन्डिसले पनि चार विकेट लिए । पिचमा संघर्ष गर्नु परेको बंगलादेशका लागि मुस्फिकर रहिमले ४० रनको योगदान गरेका थिए ।

श्रीलंकाले पहिलो इनिङमा ७ विकेटका क्षतिमा ४९३ रन बनाएर पाली समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा श्रीलंकाका लागि दिमुथ करुणारत्नेले ११८ र लाहिरु थिरिमानेले १४० रनको व्यक्तिगत योगदान दिएका थिए ।

जवाफमा बंगलादेशको टिम पहिलो इनिङमा २५१ रनमै समेटिएको थियो । तमिम इक्वालले ९२ र कप्तान मोमिनुल हकले ४९ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले खासै योगदान दिएका थिएनन् ।

बंगलादेशको टिम फलो अनमा परे पनि श्रीलंकाले दोस्रो इनिङको ब्याटिङ रोजेको थियो । श्रीलंकाले दोस्रो इनिङमा ९ विकेटको क्षतिमा १९४ रन बनाएर पाली समाप्तीको घोषणा गरेको थियो ।

जितका लागि ४३७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङमा २२७ रनमै समेटिएको थियो ।

यी दुई बीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । एपी

Sri Lanka vs Bangladesh Cricket