२६ असार २०८३, शुक्रबार
,
Latest
विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा २० सहित २३ नेपालीको मृत्युः ९३ प्रतिशत सङ्क्रमणमुक्त



अ+ अ-

काठमाडौं । गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । 

 संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाअनुसार गत साता भारतमा २०, कुवेतमा दुई र कतारमा एक नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य तथा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार  नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० नेपालीको  निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । यससँगै हालसम्म विश्वका २१ मुलुकमा संक्रमणका कारण ३७२ नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका छन् । 

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपाली ६८ हजार ५०६ जना पुगेका छन् । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ संक्रमणमुक्त भएका छन् । गत साता भारत, कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक र  पोल्याण्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको कोभिड १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । 

यसैबीच नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ संक्रमित पुगेकामा ९३  दशमलव ३ प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ । 

पछिल्लो एक वर्षमा सबैभन्दा बढी मेमा ६८, सेप्टेम्बरमा ६५ र अगष्टमा ३६   नेपालीको निधन भएको थियो । यो वर्ष शुरु भएपछि भने यही अप्रिलमा २३ नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । गत वर्ष  जुन, जुलाई, डिसेम्बर र यस वर्ष जनवरीमा सबैभन्दा धेरै नेपाली कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

 यसैबीच गत सोमबार  वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सापकोटाले महामारीका दौरान २५० चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बाहिर  करीब पाँच हजार चिकित्सक र पन्ध्र हजार नर्स नेपाली छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । 
 
टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह

एनआरएनएले शुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ ।  तभभिजभबतिज२लचलब।यचन  मा इमेल पठाएर परामर्श लिन सकिने स्वास्थ्य समितिले जनाएको छ । समितिले दुई विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिसकेको र तेस्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ सेप्टेम्बर १७ देखि १९ मा लण्डनमा आयोजना गरिने जनाइएको छ । 

डा. सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ शुरु गरेर कोभिड १९ बाट जोगिन र संक्रमित भए कसरी स्वास्थ्य सेवा प्राप्त  गर्ने भन्नेबारे नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा संघका महासचिव डा हेमराज शर्माले महामारीकै बीच पनि  ५० देशका तीन सय शहरमा दुई हजार पाँच सय स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको बताउनुभयो । 

उहाँका अनुसार एनआरएनमार्फत एक लाख ७० हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको थियो । त्यस्तै संघका संरक्षक एवं पूर्वाध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनले नेपालीलाई सघाएको बताउनुभयो । 
 
मानसिक स्वास्थ्य समस्यामा वृद्धि 

कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् । डा. सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुअल माध्यमबाट सहभागी चिकित्सकले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताए । महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्नेलगायत समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए । 

मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालीम सञ्चालन गरेको डा सापकोटाले जानकारी दिनुभयो । त्यस्तै आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ  । स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली चिकित्सक सहभागी छन् । विदेशमा रहेका नेपालीको अवस्थाको तथ्यांक संकलनमा युरोपबाट डा. बोधराज सुवेदी, बेलायतबाट डा दिलीप यादव, कतारबाट डा नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा सरिता भट्टराई र स्पेनबाट नर्स सांग्रिला लामालगायतको टोलीले  सहयोग गरिरहेको छ । रासस