२६ असार २०८३, शुक्रबार
,
Latest
विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जनगणना २०७८ तत्कालका लागि रोकियो



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ तत्कालका लागि स्थगित गरेको छ । प्रत्येक दश वर्षका गरिने राष्ट्रिय जनगणना कोरोना सक्रमणका कारण प्रभावित भएको हो ।

तथ्थाङ्क संकलनका लागि सुपरिबेक्षकहरुको सात दिने तालिम संञ्चालन भएपनि पाँच दिन पछि तालिम रोकिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक तीर्थराज चौलागाइले न्यूजपोलारलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो सुपरिबेक्षकहरुको तालीम संञ्चालन गर्न कठिन भयो, गणकहरुको बाकि नै छ त्यसैले प्राबिधिक रुपमा जनगणना संकलन कार्य अघि बढाउन कठिन छ ।

बैशाख २६ गतेबाट सुरु हुने राष्ट्रिय जनगणना तत्काल स्थगित गर्न विभागले गरेको सिफारिसलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेलको संयोजकत्वमा बसेको बैठकले मन्त्री परिषद्मा पठाउने निर्णय गरेपछि सरकारले स्थगनको निर्णय गरेको हो ।

महानिर्देशक चौलागाइका अनुसार जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरिसकेको थियो ।