२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुग्यो



अ+ अ-

एजेन्सी । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुगेको छ ।

भूकम्प गएको दुई दिनपछि त्यहाँका उद्धारकर्ताहरु अझै जीवित मानिसको खोजिमा जुटेका छन् । उद्धारकर्ताहरु सबैभन्दा प्रभावित क्षेत्रमा पुग्न अझै नसकेको बताइएको छ । भूकम्पका कारण सडक र पुलहरु अवरुद्ध भएका थिए । भूकम्पले बढी प्रभावित भएको सानो शहर अमिज्मिजमा जताततै भूकम्पले प्रभावित भग्नावशेष रहेको बताइएको छ ।

मुख्य सडकको छेउमा रहेको खुला ठाउँमा स्थानीय बासिन्दाहरुलाई विश्राम गर्नको लागि अस्थायी टेन्टहरु राखिएको छ । अहिलेसम्म उनीहरुले पराकम्पको डरका कारण सडकमै रात बिताइरहेका छन् ।

रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ । अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबिया लगायतका देशले पनि सहयोग गरेका छन् ।