२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिनल्याण्ड र ताजिकिस्तानको टोली परिवार नियोजन उपत्यका शाखामा



अ+ अ-

काठमाण्डौ। फिनल्याण्ड सरकारको दातृ संस्था भ्यास्टोलिटोबाट आएको टोलीले नेपाल परिवार नियोजन काठमाण्डौ उपत्यका शाखाको स्थलगत अवलोकन भ्रमण गरेको छ ।

भ्यास्टोलिटा संस्थाकी विकास तथा सहयोग विभागकी अधिकारी जुक्का हल्किलाहिटीको नेतृत्वमा फिनल्याण्डबाट ५ सदस्यीय टोली केही दिन अघि नेपाल आएको थियो ।

सो संस्थाले नेपालको परिवार नियोजन तथा लैङ्गिक समानता र सामाजिक समावेशितामा विगत लामो समयदेखि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ भने नेपाल परिवार नियोजन संघ, संघको उपत्यका शाखा र नेपालगञ्ज शाखाको लागि फिनल्याण्डले वार्षिक ५५ लाख रुपैयाँ आर्थिक सहयोग पनि गर्दै आएको छ ।

टोलीले काठमाण्डौ उपत्यका शाखाले वहिरा महिला, शारिरीक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई दिँदै आएको वृहत यौनिकता तथा प्रजनन अधिकारको लागि दिँदै आएको सेवाको पनि जानकारी लिनुका साथै सेवाग्राहीहरुसंग अन्तरसंवाद पनि गर्यो ।

यसैगरि ताजिकिस्तानबाट आएको दुई सदस्यीय टोलीले पनि उपत्यका शाखाको स्थालगत अवलोकन भ्रमण गरि शाखाले दिँदै आएको नमुना सेवाबारे जानकारी लिएको छ ।

नेपाल परिवार नियोजन संघको साथै काठमाण्डौ उपत्यका शाखाले सञ्चालन गर्दै आएको बौद्धिक तथा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई दिँदै आएको वृहत यौनिकता तथा प्रजनन अधिकारको बारेमा बुझ्न उनीहरु नेपालमा आएका हुन् ।

उपत्यका शाखामा फिनल्याण्ड र ताजिकिस्तानको टोलीलाई स्वागत गर्दै शाखाका प्रवन्धक शरदकुमार अर्यालले शाखाले वहिरा महिला, शारिरीक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई दिँदै आएको वृहत यौनिकता तथा प्रजनन अधिकारको साथै परिवार नियोजनको सेवाबारे प्रकाश पारे ।

शाखाले परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवा मात्रै नभई विगत लामो समयदेखि शारिरीक अपाङ्गता भएका व्यक्तिहरुको प्रजनन अधिकारको बारेमा वकालत समेत गर्दै आएको छ ।

साथी शिक्षक तथा सेवाग्राहीहरुसंगको अन्तरसंवादपछि शाखाको तर्फबाट फिनल्याण्ड र ताजिकिस्तानको टोलीलाई शाखा प्रवन्धक अर्यालले उपहार पनि दिएका थिए ।