२६ असार २०८३, शुक्रबार
,
Latest
राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत पश्चिम बंगालका मुख्यमन्त्री बनर्जी पराजित



अ+ अ-

काठमाडौं । भारतीय राज्य पश्चिम बंगालमा हालै सम्पन्न विधानसभाको चुनावमा सत्तारुढ त्रिणमुल कङ्ग्रेस प्रचण्ड बहुमत तर्फ अग्रसर भएको छ । तर त्रिणमुलकै संस्थापक अध्यक्ष एवं मुख्यमन्त्री ममता बनर्जी भने पराजित हुनु भएको छ ।

बंगालको चुनावमा भारतीय जनता पार्टीले यसपटक निकै आक्रामक चुनाव प्रचार गरेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, पार्टी अध्यक्ष जेपी नड्डा समेतका कैयौं नेताहरुले बंगालमा लगातार ठूलाठूला आमसभा गरेका थिए ।

दुई सयभन्दा बढी सिट जित्ने उदघोष सहित भाजपा चुनावी मैदानमा उत्रेको थियो ।

चुनावका क्रममा कैयौं ठाउँमा भाजपा र त्रिणमुल पार्टीका कार्यकर्ताबीच हिंसात्मक झडप पनि भएका थिए, र यसबाट केही व्यक्तिको ज्यान पनि गएको थियो ।

तर चुनावी परिणाम नितान्त भिन्न भयो । भारतीय संचार माध्यमहरुका अनुसार भाजपाले ७३–८० स्थान जित्ने अनुमान गरेका छन् । यो संख्या अघिल्लो पटकको चुनावमा प्राप्त परिणाम भन्दा राम्रो हो, तर सोचेजति सफलता प्राप्त भएन ।

त्रिणमुल कंग्रेसले २१५–२२० स्थान जित्ने पक्का देखिएको छ । अघिल्लो चुनावमा भन्दा यसपटक ममताको दलले बढी स्थान जित्ने देखिएको छ ।

भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीबाट सत्ता खोसेर पश्चिम बंगालमा स्थापित हुनुभएकी ममता बनर्जीको दल त्रिणमुल कंग्रेसले लगातार तेस्रो पटक चुनाव जितेर बंगालमा राज्य गर्ने देखिएको छ ।

तर ममता बनर्जी स्वयंले नन्दीग्रामबाट चुनाव हार्नु भएको छ । चुनाव अघि त्रिणमुल पार्टी परित्याग गरी भाजपा प्रवेश गर्नु भएका शुभेन्दु अधिकारीसँग ममता पराजित हुनु भएको हो ।

नेतृ ममता बनर्जीले आइतबार अपराह्न कोलकातामा पत्रकार सम्मेलन गरी चुनावमा आफू पराजित भएको स्वीकार गर्दै जनताले भारतीय जनता पार्टी र उसको सिद्धान्तलाई परास्त गरेकामा खुशी व्यक्त गर्नुभयो ।

यद्यपी निर्वाचन आयोगले अन्तिम चुनावी परिणाम आइतबार रातिसम्ममा सार्वजनिक गर्ने अनुमान गरिएको छ । 




भर्खरै