२६ असार २०८३, शुक्रबार
,
Latest
राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्जाब किंग्सलाई झट्का, कप्तान केएल राहुल अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)मा पन्जाब किंग्सले आगामी खेलहरुमा आफ्नो टिमको मुख्य खेलाडी गुमाउने भएको छ । 

टिमका कप्तान तथा भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुल अस्पताल भर्ना भएका हुन् । 

शनिवार राती पेटमा अत्याधिक दुखाईको कारण औषधी प्रयोग गरेपनि ठिक नभएपछि राहुललाई उपचारका लागि अस्पताल लगिएको हो ।

उनलाई एपेन्डिसाइटिस भएको पन्जाब किंग्सले जनाएको छ । उनको उपचार शल्यक्रियामार्फत हुनेछ । जसअनुसार राहुलले बाँकी खेल पनि गुमाउने निश्चित देखिन्छ । राहुल नहुँदा पन्जाबलाई ठूलो क्षति पुगेको छ । राहुल पन्जाबका प्रमुख हतियार हुन् । यस सिजनमा पनि उनले राम्रो प्रदर्शन गर्दै आएका थिए ।




भर्खरै