२६ असार २०८३, शुक्रबार
,
Latest
राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमला खत्री माओवादीमा प्रवेश, के होला पोखरेलको भविष्य ?



अ+ अ-

काठमाडौं । आज (आइतबार) बिहानदेखि लुम्बिनी प्रदेशको राजनीति एकाएक तातिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले एकाबिहानै पदबाट राजीनामा दिएपछि देशको राजनीति नै तरंगित बन्न पुगेको छ । 

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई बुझाएको राजीनामा पत्रमा संविधानको धारा १६८ (१) अन्तर्गत नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्न राजीनामा दिएको उल्लेख गर्नुभएको छ । 

त्यसको लगत्तै लुम्बिनी प्रदेशको आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गरियो। पोखरेलले एक सांसद माओवादीतिर लागेको सुइँको पाएपछि नयाँ सरकार गठनमा गोलमाल हुने निष्कर्षका साथ हतारहतार प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरेको बताइएको छ । 

माओवादी प्रवेश गर्ने उक्त सांसद विमलाकुमार खत्री रहनुभएको छ । माओवादीमा उहाँको प्रवेशसँगै एमाले नेतृत्वमा एकल बहुमतको सरकार बनाउने शंकर मुख्य मन्त्री शंकर योजनामा चुनौती थपिएको छ । 

यो सँगै १६८ को १ अनुसार बहुमत प्राप्त दलको हैसियतले सरकार बनाउने बाटो मुख्यमन्त्री पोखरेलका लागि असहज भएको छ ।

यता माओवादीले पनि विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेशसभालाई गराइसकेको छ। 

खत्रीले नेकपाबाट उपचुनाव जितेकाले उहाँको सांसद पद के हुन्छ भन्ने प्रष्ट छैन् । यदि एमालेले दल त्याग गरेको भनेर उहाँलाई कारवाही गरेमा उहाँको सांसद पद रिक्त हुने छ।

यदि त्यसो भएमा प्रदेशसभा ८० सदस्यीय हुने छ। एमालेको संख्या ४१ बाट झरेर ४० पुग्ने छ भने एक दलको बहुमत पुगेको आधारमा सरकार बनाउने बाटोमा मुख्यमन्त्री पोखरेललाई बधा हुने देखिन्छ । 

प्रदेशसभामा विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् । सभामुखसहित विपक्षमा पनि उत्तिकै संख्या ४० हुन्छ ।

माओवादीमा प्रवेश गर्नुभएको खत्रीलाई कारबाही गर्न नमिलेमा विपक्षको ४१ मत हुन्छ जुन सरकार बनाउनका लागि बहुमत पुग्दछ । 




भर्खरै