२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको नीति बनाउँदा दलीय आँखाले हेर्न हुँदैन: पूर्वराष्ट्रपति भण्डारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ  । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले शिक्षाको नीति बनाउँदा दलीय आँखाले हेर्न नहुने बताउनुभएको छ ।

बाल दिवसको अवसरमा मदन भण्डारी मेमोरियल स्कुल जोरपाटी आयोजित कार्यक्रममा बोल्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले शिक्षा भनेको विकासको पहिलो पूर्वाधार भएको बताउनुहुँदै शिक्षामा दलीय स्वार्थ हाबी हुँदा राष्ट्रको अवस्था खराब बाटोमा जाने बताउनु भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रिय शिक्षा नीति बनाउँदा पार्टीको चस्मा लगाउन नहुने भन्दै उहाँले शिक्षाको नीति बनाउँदा राष्ट्रको चस्मा लगाएर हेर्नु पर्ने बताउनुभयो ।

‘प्रतिनिधिसभामा बसेकाहरू देशको ऋणको विषयमा कुरा गरिरहेका छन्,देशमा कर्मचारीहरूलाई तलब खुवाउन नसक्ने अवस्था पुगेको भनिरहेका छन्, जबसम्म संविधानले सोचेँ जस्तो शिक्षा दिन सक्दैनौ तब सम्म हाम्रो अवस्था सुधारिँदैन’ उहाँको भनाइ थियो ।

उहाँले युवा शक्तिको विदेश पलायन रोक्न उचित र स्वदेशमै काम लाग्ने शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।
‘हामीले शिक्षा प्रणालीलाई राज्यको उत्पादन प्रणालीमा जोड्न सेकका छैनौ। हाम्रो देश कृषि प्रधान देश हो, बन जङ्गलको धनी देश, जल स्रोतको धनी देश हो । उर्वर भूमि हामीसँग छ, तर खाद्यान्न विदेशबाट ल्याउनु पर्ने अवस्था छ । खेतबारी बाझै छन्, कृषिमा काम गर्नेलाई हेला गर्ने सोच हामीसँग छ । अत: यस्तो सोचलाई अब अन्त्य गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष एवं पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले जन्म हुँदा कसैको जात, धर्म नहुने बताउनु भयो । उहाँले जसको जुन घरमा जन्म हुन्छ उसले त्यही घरको जात, धर्म र परम्परा सिक्ने र अपनाउने बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरूलाई विद्यालयका अध्यक्ष डेगेन्द्र पाण्डे, प्राध्यापक, शिक्षकहरूले मेडल तथा प्रमाणपत्र दिएर सम्मान गर्नुभएको थियो ।




भर्खरै