२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकपको गीत सार्वजनिक, रणवीर सिंह प्रमुख भूमिकामा



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को आधिकारिक थिम गीत आज सार्वजनिक भएको छ । गीतको नाम ‘दिल जश्न बोले’ राखिएको छ ।

गीतको कभरमा रणवीर सिंह देखिएका छन् । संगीत निर्देशक प्रीतम चक्रवर्तीले गीत कम्पोज गरेका छन् । विश्वकपको यो गीतलाई गायक प्रीतम, नकाश अजिज, श्रीराम चन्द्र, अमित मिश्रा, जोनिता गान्धी, आकासा, चरणले गाएका छन् ।

आईसीसीले १९ अगस्टमा एकदिवसीय विश्वकपको आधिकारिक मस्कट सार्वजनिक गरेको थियो । मस्कट महिला बलर र पुरुष ब्याट्सम्यानको थिममा डिजाइन गरिएको छ । पुरुषको मस्कट हातमा ब्याट लिएर देखाइएको छ भने महिला मस्कटलाई बल लिएको देखाइएको छ ।

आईसीसीले आफ्नो सोशल मिडिया ह्यान्डलमा मस्कटको भिडियो पनि शेयर गरेको छ, जसमा भारतका पूर्व कप्तान विराट कोहली र जसप्रित बुमराह देखिएका छन् ।

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि १९ नोभेम्बरसम्म भारतमा आयोजना हुँदैछ । पहिलो खेल गत विश्वकपको फाइनलमा पुगेका इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । भारतको पहिलो खेल अक्टोबर ८ मा चेन्नईमा अस्ट्रेलियासँग हुनेछ ।