२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. मिश्र विद्याभुषण ‘क’ बाट सम्मानित हुने



अ+ अ-

काठमाडौँ । नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. मिश्र विद्याभुषण ‘क’ बाट सम्मानित हुने डाक्टर शैलेशकुमार मिश्र नेपाल सरकारले प्रदान गर्ने नेपाल विद्याभूषण ‘क’ २०८० बाट सम्मानित हुने भएका छन् ।

नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक मिश्र यस वर्ष विद्याभूषण ‘क’ बाट सम्मानित हुन लागेका हुन् । भारतको निम्स विश्वबिद्यालयबाट व्यबस्थापन बिषयमा विद्यावारिधि उपाधि हासिल गरे बापत उनले यो पदक प्राप्त गरेका हुन् ।

१९ बर्षदेखि नेपाल नेत्रज्योति संघसंग आवद्ध भई मिश्रले नेपालको आँखा स्वास्थ्य क्षेत्र र अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढि उपचार केन्द्र र ४४ जिल्ला शाखाहरु मार्फत आँखा उपचार सेवा प्रवाह गरिरहेको छ । नेपाल सरकारले हरेक वर्ष विद्यावारिधि उपाधि हासिल गरेकालाई यो पदक प्रदान गर्दै आएको छ ।