२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रले आईतबार तलेजु भवानी र भैरवनाथ मन्दिरको दर्शन गर्ने



अ+ अ-

भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते (पर्सि) भक्तपुर दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी र टौमढी टोलस्थित भैरवनाथ मन्दिरको दर्शन गर्न आउने भएका छन् ।

पूर्वराजाको धार्मिक देशाटन भव्य र उल्लासमय बनाउन तथा उनको स्वागत, सत्कार गर्नका लागि इतिहासका जिज्ञासु एवं समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पूर्वराजा यही असोज ७ गते भक्तपुर सवारी हुने जानकारी दिँदै समितिका संयोजक धौभडेलले उनको भक्तपुर भ्रमणलाई विशेष महत्व र प्राथमिकता दिएको रफत सञ्चार क्लब भक्तपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

संयोजक धौभडेलले भने, “विश्व राजनीति एवं वर्तमान नेपालको राजनीति र भौगोलिक अवस्थालाई ध्यान दिँदै “राजा सबैको साझा” भन्ने भावनालाई मूर्तरूप दिन भक्तपुर भ्रमण कोशेढुंगा सावित हुनेछ ।” उनले पूर्वराजाको ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुरको भ्रमण वर्तमान परिस्थितिमा राजसंस्थाको महत्व र आवश्यकतालाई झनै उजागर हुँदै गएको उल्लेख गरे । पत्रकार सम्मेलनमा समितिका सदस्यसचिव रामेश्वर थापाले स्वागत समारोह समिति कुनैपनि राजनीतिक एवंसंगठनको रङको नभई विशुद्ध रूपमा सम्पूर्ण भक्तपुरवासीको प्रतिनिधित्व गर्दै गठन भएको प्रस्ट पारे ।

पूर्वराजाको भक्तपुर भ्रमणमा स्थानीय कला, संस्कृति भकल्ने परम्परागत शैलीमा स्वागत, सत्कार गरिने भएको छ । साथै साही दिन भक्तपुरको सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा पूर्वराजासँग देशको समसामयिक विषयमा सर्वसाधारणलगायत सञ्चारकर्मीहरूले अन्तरसंवाद गर्न सक्ने जानकारी संयोजक धौभडेलले बताए ।