२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन वार्ताका लागि आउनुभएको होइन– अभियन्ता ईः



अ+ अ-

काठमाडौँ । विगत केही दिनदेखि आन्दोलन गरिरहेको अभियन्ता ईः ले वार्ताका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह नआउनुभएको बताएको छ ।

सामाजिक सञ्जालमा अभियन्ता ईः ले भनेको छ, “मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्।”

करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हप्काउँदै आफूहरुलाई राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाएको भन्दै अभियन्ता ईः ले भनेको छ, “हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौँ। नगर प्रहरीले रिसाएर जवाफ दिए– ‘त्यसोभए मेयरले भेट्दैन’ ।”

यसअघि सामाजिक सञ्जालमार्फत नै महानगर प्रमुख बालेनले विगत केही दिनदेखि आन्दोलन गरिरहेको अभियन्ता इ वार्तामा आउन नचाहेको बताउनुभएको थियो । अभियन्ताहरु भएकै ठाउँमा गएर वार्ता गरी समस्या समाधान गरौँ भन्दा उनीहरु वार्तामा नआएको उहाँको भनाइ थियो ।




भर्खरै