२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलङ्गवामा निषेधाज्ञा राति मात्र



अ+ अ-

मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ रातिलाई भने यथावत राखिएको छ ।

सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो ।

गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा मलङ्गवामा दुई समुदायबीच झडप भएपछि गएको बिहीबार राति १० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि यहाँ निषेधाज्ञा जारी गरिएको थियो ।

बिहीबार रातिदेखि अशान्त बनेको मलङ्गवामा गएरातिदेखि अवस्था समान्य हुँदै गएपछि आजदेखि दिनको निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

दिनमा निषेधाज्ञा आदेश निष्क्रिय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलङ्गवा नगरक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, बैठक, प्रदर्शन, पोस्टर पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको प्रजिअ यादवले बताउनुभयो ।

आज निषेधाज्ञा हटाइए पनि मलङ्गवाको बजार खुलेको छैन भने यातायात, शिक्षण संस्था, सरकारी कार्यालय पनि पूर्णरुपममा बन्द छन् । यता व्यापारीका सङ्घसङ्गठनले पनि बजार खोल्न अह्वान गरेका छन् । निषेधाज्ञा हुँदा पनि घटना हुन थालेपछि आइतबार दिउँसोदेखि स्थानीय प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको थियो । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अहिले पनि हिरासतमा राखेको छ ।

गणेशको मूर्ति विर्सजन गर्न जाने क्रममा गएको बिहीबार घरको छतबाट अर्को पक्षले ढुङ्गा प्रहार गरेको थियो । ढुङ्गा लागेर सुरक्षाकर्मीसहित एक दर्जन मानिस घाइते भएका थिए भने छुरा प्रहारबाट सख्त घाइते भएका मलङ्गवा नगरपालिका–७, मुसैली निवासी रुपेशकुमार यादवको अहिले वीरगञ्जमा उपचार भइरहेको छ । रासस