२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान क्रिकेट टिमले भारत आउन भिसा पायो



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट टोलीलाई एकदिवसीय विश्वकप खेल्न भारत आउने भिसा प्राप्त भएको छ । टोली सेप्टेम्बर २७ मा भारत आउनेछ । उसले सेप्टेम्बर २९ मा न्युजिल्यान्डसँग वार्मअप खेल पनि खेल्नेछ ।

पाकिस्तानी टोली सोमबार बिहानै भारत आउने योजनामा थियो तर, भिसा मिलिरहेको थिएन । यसै कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा यसबारे गुनासो गरेको थियो । अब उजुरी परेको केही घण्टापछि टोलीको भिसा स्वीकृत भएको छ ।

ईएसपीएन क्रिकइन्फोका अनुसार पीसीबीले आईसीसीलाई पत्र लेखेर पाकिस्तानसँग यस्तो व्यवहार स्वीकार नगरिने बताएको थियो ।

यसअघि शुक्रबारसम्म भारतीय भिसा नपाएपछि पाकिस्तान क्रिकेट टोलीले दुबई हुँदै भारत आउने योजना रद्द गरेको थियो । अब पाकिस्तानी टोली सिधै हैदरावाद आउनेछ । क्रिकेट वेबसाइट क्रिकइन्फोले पाकिस्तान क्रिकेट टोली विश्वकपको अभ्यास खेलका लागि दुबई हुँदै हैदराबाद पुग्ने योजना बनाएको थियो । टोली केही दिन दुबईमा बस्ने योजनामा थियो । त्यसपछि हैदरावादमा हुने अभ्यास खेलका लागि उनीहरु भारत आउँदै थिए ।

एकदिवसीय विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ । पहिलो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । पाकिस्तानले अक्टोबर ६ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।