६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय आयोग नबनेसम्म संसद्को नियमित कामकारबाही अगाडि बढ्न नदिने एमालेको चेतावनी



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय आयोग नबनाएसम्म संसद्को नियमित कामकारबाही अगाडि बढाउन नदिने चेतावनी दिएको छ ।

सरकारले उच्चस्तरीय आयोग बनाउन आलटाल गरेको भन्दै एमाले सचेतक महेश बर्तौलाले संसद्लाई मुठभेटतर्फ नलैजान सरकारलाई चेतावनी दिएका हुन् ।

असोज ५ गते नै आयोग बनाउनुपर्ने संसद्को सहमति विपरीत सत्तारुढ दलहरु गएको भन्दै उनले भने, ‘भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै । तर सरकार संसद्को बैठकलाई द्वन्द्व र मुठभेट तर्फ धकेल्न चाहन्छ । मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोका धडी र आपसी अन्तर्विरोध पथमा लैजाने चेष्टा गर्दै छ ।’

संसद्ले अनुमोदन गरेको सहमति सरकारले कार्यान्वयन गर्न नखोजेको भन्दै प्रमुख प्रतिपक्षी दलमाथि भ्रम छर्न ‘दिउँसै रात पार्न प्रपञ्च’ गरिरहेको उनको आरोप छ । ‘असोज ५ पछि धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन। सहमति प्रति सरकारले पुरै धोका दियो । अब यसको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब भोलि बस्ने संसद्को बैठकमा हुने नै छ’, उनले भने ।

https://www.facebook.com/mahesh.bartaula/posts/7287376414623797?ref=embed_post