५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक आज



अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज ११ः०० बजेबाट शुरु हुँदैछ । कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा प्रथमतः कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनबारे कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा छलफल हुने प्रदेश विकास परिषद्को दोस्रो बैठक तयारी समिति संयोजक तथा आयोगका सदस्य डा दीपेन्द्र रोकायले जानकारी दिनुभयो । 

त्यस्तै बैठकमा संयोजक डा रोकायले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षका लागि लिनुपर्ने नीति, कार्यक्रम र बजेटसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ र त्यसपश्चात राय सुझाव लिइने तालिका सार्वजनिक गरिएको छ । आयोगका सदस्य योगेन्द्र शाही र दिव्यराज पोखरेलले प्रस्तुत गर्ने परियोजना बैंक र लगानी सम्मेलन तथा सहलगानीका सम्बन्धमा बैठकमा छलफल गरी परिषद्को मार्गदर्शन लिइने जनाइएको छ ।

उक्त बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा दलका प्रमुख नेता, समितिका अध्यक्ष, आयोगका पदाधिकारी, प्रदेश सचिव, जिल्ला समन्वय प्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख/अध्यक्ष, विभिन्न क्षेत्रबाट मनोनित पाँच जना, कर्णाली विज्ञ समूहका साथै लब्धप्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको सयोजक डा रोकायले बताउनुभयो । उहाँका अनुसार बैठक भर्चुअलरूपमा सञ्चालन हुनेछ ।