५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तिब्रता दिनुपर्छ- मन्त्री नेम्बाङ



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले मूलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

शनिबार नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताउनुभएको हो ।

नेपाल सरकारले बोकेको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो । अहिले मूलुकमा नयाँनयाँ सुरुङमाग, रेलमार्ग, एयरपोर्ट, सिँचाई अयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकाश गर्नुपर्ने पनि बताउनुभयो ।

मूलुकमा निर्माण हुने ठूलाठूला भौतिक पूर्वाधारको निर्माणलाई तिब्रता दिन र त्यसको निर्माणमा सफलता प्राप्त गर्न इन्जिनियरहरुबीना सम्भव नभएको पनि बताउनुभयो ।