२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सुवालको प्रधानमन्त्रीलाई प्रश्न: मुलुकको कार्यकारी भुमिका विदेशीबाट सञ्चालन भइरहेको हो



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुलुकको कार्यकारी भूमिका कुनै विदेशीबाट संचालन भइरहेको हो र ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभएको छ ।

पछिल्लो पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आफूलाई थाहा नभएको प्रधानमन्त्री दाहालको अभिव्यक्ति उल्लेख गर्दै उहाँले प्रधानमन्त्री दाहाल मुलुकको कार्यकारी भुमिका नभएको सरह देखिएको जिकिर समेत गर्नुभयो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्र संघको महासभामा गर्नु भएको सम्बोधनप्रति पनि असन्तुष्टि जनाउनु भयो । उहाँले विश्वका आम जनतामा एकता ल्याउने खालको सम्बोधन सो सभासभामा प्रधानमन्त्रीले राख्न नसकेको बताउनु भयो ।

सांसद सुवालले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले इन्धनको मूल्य वृद्धिबारे थाहा नभएको बताउनु भयो । आफूलाई यसरी थाहा नहुनुको अर्थ प्रधानमन्त्री कार्यकारी भूमिकामा नभएको सरह हो । स्विकार गर्नु हो । के कुनै विदेशीबाट कार्यकारी भूमिका सञ्चालन भईरहेको हो र ? प्रधानमन्त्रीजीले संयुक्त राष्ट्र संघको महासभाबारे संक्षिप्त जानकारी गराउनु भयो । तर, प्रधानमन्त्रीजीको सम्बोधनमा एक देशको समाजको नीति अर्कोमा लागू नहुने प्राथमिकतामा परम्परा, इतिहास, संस्कृति फरक हुने, बरु एक अर्कोबाट सिक्ने, अनुभव बाँडने र बुझ्ने, विश्वका जनतामा विभाजन होइन, एकतामा ल्याउनेबारे उल्लेख भएन । ’

सांसद सुवालले राष्ट्र संघको महासभामा गरिव राष्ट्रको पक्षमा पनि प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी गर्नुभयो । रासस




भर्खरै