२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुसा उमारिएको मेथीका १० फाइदा यस्ता छन् !



अ+ अ-

काठमाडौं । सामान्यतयाः मेथी तरकारी तथा खानामा प्रयोग गर्ने गरिन्छ । मेथी गुणकारी खानेकुरा हो । यसको दाना र साग धेरै प्रयोगमा आउने गर्छ । कपाल झर्ने समस्या, मोटोपन घटाउन मेथीको प्रयोग गरिन्छ । यति मात्र होइन मेथीलाई भिजाएर टुसा उमारेर सेवन गर्दा यसले मधुमेह, मोटोपन, मुटुको रोग, थाइराइड, उच्च रक्तचाप जस्ता समस्यालाई नियन्त्रण गर्छ ।

१) मधुमेह नियन्त्रण        
अंकुराएको मेथीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । यसमा हुने एमिनो एसिडले मधुमेह लागेका बिरामीहरुको शरीरमा इन्सुलिनको उत्पादन बढाउँछ ।

२) महिनावारी गडबढी
महिनावारी अनियमित हुने समस्यामा उमारेको मेथीले निकै फाइदा गर्छ । महिनावारीको समयमा हुने दुखाई, ऐठन, तनाव आदिलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

३) स्तनपान
स्तनपान गराइरहेकी महिलाको दूधको मात्रा बढाउन अंकुराएको मेथीको सेवन गर्नुपर्छ । यसमा आइरन, क्याल्शियम, फाइबर, प्रोटिन जस्ता तत्वहरु पाइन्छ ।

४) मोटोपन घटाउन
यसमा ग्लालेक्टोम्यानन नामक पोलिसाक्साइड हुन्छ । जसले भोकलाई नियन्त्रण गर्छ । र मेटाबोलिज्म बढाउँछ । बिहान उठ्नेवित्तिकै टुसा उमारेको मेथी खाने र रातिको खाना खानुभन्दा ३० मिनेट अगाडि यसको सेवनले तौल नियन्त्रण हुन्छ ।

५) पेटका लागि फाइदाजनक
यसमा ७५ प्रतिशत फाइबर हुन्छ । जसले गर्दा सजिल्यै पाचन हुन्छ । यसले पेटमा गयास्ट्रोइंटेस्टाइनल प्रणालीलाई पनि सही बनाउँछ । जसले पाचन प्रक्रिया सही तरिकाले काम गर्न थाल्छ । यसले कब्जियत, एसिडिटी जस्ता समस्याबाट बचाइराख्छ ।

६) मुटु स्वस्थ राख्न
यसले कोलेस्ट्राल मात्रा नियन्त्रण गर्छ । रगतमा ट्राइग्लिसराइड्स नामक फ्याट कम गराउँछ । यसले मुटु रोग मात्र होइन हृदयघातको खतराबाट पनि बचाउँछ ।

७) आमाशय
यसमा स्यापोनिन नामक तत्व हुन्छ । यसले आमाशयलाई सुरक्षा कवचको रुपमा काम गर्छ । यसले हानिकारक ब्याक्टेरियालाई मार्ने र पेट फुल्ने, ग्यास जम्मा हुने जस्ता समस्याबाट राहत दिलाउँछ ।

८) ज्वरो
२ चम्चा टुसा पलाएको मेथीमा मह र कागती मिसाएर खाँदा ज्वरोमा फाइदा पुग्छ । यसले ब्याक्टेरियल इन्फेक्शनबाट पनि बचाउँछ ।

९) क्यान्सरबाट बचाउँछ
हरेक दिन एक कचौरा मेथी खाँदा शरीरमा क्यान्सर प्रतिरोधी गुण बिकास हुन्छ । जसले क्यान्सर लाग्नबाट बचाउँछ ।

१०) रतगको कमि
टुसा पलाएको मेथीमा आइरन हुने भएकाले यसको दैनिक सेवन गर्दा शरीरमा रगतको कमि हुदैन । (एजेन्सीको सहयोगमा)