५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा कार्य विभाजन, नेपाल पक्षलाई जिम्मेवारी दिइएन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्ने चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । 

शुक्रबार नेकपा(एमाले)को महाधिवेसन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहनुभएको छ । उहाँहरु प्रदेश सभा सदस्य समेत नरहेको जानकारी प्रदेश सभा संसद सचिवालयलाई गराउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । कर्णाली प्रदेश सभाको एक र संघीय संसदको २७ जना सांसदहरुलाई सोधिएको स्पष्टिकरणको अधिकांशको जवाफ आएको भन्दै त्यसको थप अध्ययन गरेर आवश्यक निर्णय गर्ने अख्तियारी स्थायी कमिटी बैठकलाई दिएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

बैठकले पार्टीको स्थायी कमिटी पनि गठन गरेको छ । साबिक नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । बैठकले समसामयिक राजनीतिक विषयको सन्दर्भमा ११ बुँदे प्रस्ताव पारित गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । समानान्तर गतिविधि गर्नेहरुलाई समानान्तर गतिविधि रोक्न तथा पार्टीको मूल प्रवाहमा फर्किन आव्हान गरेको छ । जनप्रतिनिधिलाई पनि विगतको भूमिकाको आत्मसमिक्षा गर्दै पार्टीमा फर्किन आव्हान गर्दै पार्टीमा बिना पूर्वाग्रह स्वागत गर्ने, सम्मानपूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने पनि निर्णय गरेको छ ।

बैठकले निकट भविष्यमा हुने उपनिर्वाचनको तयारीमा सम्पूर्ण रुपले तयार हुन पार्टीका सबै कमिटीलाई आव्हान गरेको छ । नयाँ भेरियन्टसहित कोरोना संक्रमण बढेकाले सरकारलाई थप प्रभावकारी कदमका लागि ध्यानाकर्षण गराएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । सबै नागरिकहरुलाई कोरोनाको विरुद्द स्वास्थ्य सतर्कताको पालना गर्दै लडाई सफल पार्नको लागि आव्हान पनि गरिएको छ भने पार्टीका नेता, कार्यकर्तालाई स्थानीय तहसम्मै कोभिडविरुद्धको अभियानमा स्वयमसेवी भएर लाग्न भनिएको छ ।

बैठकले महाधिवेसन आयोजक कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको छ । महाधिवेसन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनको विभिन्न जिम्मेवारी दिइएको हो ।