२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा अध्यक्ष लामिछाने बझाङ भूकम्प प्रभावित क्षेत्रमा



अ+ अ-

काठमाडाैंः बझाङमा गत मंगलबार गएको ६.३ म्याग्नीच्युडको भूकम्प र त्यसपछिका लगातारका परकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थलगत रूपमै बुझ्न यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबि लामिछाने बझाङ पुग्नु भएको छ । 

उहाँले भूकम्पबाट भएको क्षतिका बारेमा प्रशासन र सुरक्षा निकायसँग छलफल गर्नु भएको रास्वपाको सचिवालयले जनाएको छ ।

 अध्यक्ष लामिछानेले भूकम्प प्रभावितका लागि लगेका टेन्ट लगायतका सामग्री प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भएको छ ।

लामिछानेले सामाजिक संजालमा लेख्नु भएको छ, भूकम्प प्रभावित बझाङका कैयाैं परिवार अस्थायी आवासमा छन् । तिनकाे उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दाे प्रयास गरेका छन् । तर, त्याे मात्र प्रयाप्त नहुन सक्छ । त्यसैले, सहृदयी महानुभावहरुले जिल्ला प्रशासन कार्यालय, बझाङसँग समन्वय गरेर मात्रै सहयाेग गर्न हुन आह्वान गर्दछु ।

उहाँले अगाडि लेख्नु भएको छ, आज दिनभर प्रभावित ठाउँहरुमा पुग्नेछु । यस्तो दुःखमा पनि हाँसेर स्वागत गर्नु हुने बझाङवासीहरु भगवान जस्ता रहेछन् । तपाईको दुःख केन्द्रसम्म लैजाने इमानदार कोशिस गरिरहनेछु ।