२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप: टस जितेर न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौँ । १३ औं संस्करणको आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डले टस जितेको छ ।

भारतको नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको टस जितेर न्युजिल्यान्डका कप्तान टम लाथमले इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

२०१९ को विश्वकपमा इंग्ल्यान्डले नाटकिय रुपमा न्युजिल्यान्डलाई हराएको थियो । सुपर ओभर पनि टाई भएपछि इंग्ल्यान्डले चौका र छक्का बढी प्रहार गरेको आधारमा न्युजिल्यान्डलाई पछि पार्दै उपाधि जितेको थियो । न्युजिल्यान्ड आज उक्त खेलको बदला लिन चाहन्छ ।

एकदिवसीय क्रिकेटमा हालसम्म इङ्ल्यान्ड र न्युजिल्याण्डबीच कुल ९५ खेल भएका छन् । जसमा इंग्ल्याण्डले ४५ खेल जितेको छ भने न्युजिल्यान्डले ४४ जितेको छ । दुई टोलीबीचको दुई पटकको खेल बराबरीमा टुंगिएको थियो भने चार खेलको नतिजा निस्केको थियो ।

न्युजिल्याण्डको प्लेईङ–११:
डेभोन कोनवे, विल यंग, ​​रचिन रविन्द्र, डेरिल मिचेल, टम लाथम (कप्तान/विकेटकिपर), ग्लेन फिलिप्स, मार्क च्यापम्यान, जेम्स निशाम, मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट ।

इंग्ल्याण्डको प्लेईङ–११:
जोनी बेयरस्टो, डेविड मलान, जो रुट, ह्यारी ब्रुक, जोस बटलर (कप्तान/विकेटकिपर), लियाम लिभिङस्टोन, मोइन अली, साम कुरान, क्रिस वोक्स, आदिल रसिद, मार्क वुड ।