२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी थाहा पाउनुहोस् कुन भाँडामा कुन परिकार पकाउने



अ+ अ-

काठमाडौं । खाना पकाउन अनुकुलता र स्थान अनुसार फरक(फरक धातुको भाडाँको प्रयोग गरिन्छ । तर कतिपय अवस्थामा जान अन्जानमा कुन खाना कुन धातुको भाडाँमा पकाउने भन्नेबारे जानकारी नहुदाँ यसले हाम्रो स्वास्थ्यमा असर गर्दछ । सबै खानेकुराको आफ्नै विशेषता हुन्छ र त्यही विशेषता अनुसार खाना पकाउदाँ स्वास्थ्यलाई नि फाइदाँ पुग्छ । विभिन्न भाडामा धेरै भेराइटी पकाउदाको लाभ पनि धेरै छ । हामीलाई लागेको रोगबाट निर्मुल हुनलाई पनि यसले मद्दत गर्छ । 

 खानेकुरा अनुसारको खाना अब यस्तो भाँडामा पकाउनुहोस् :

१) पित्तल
पित्तलको भाडाँमा धेरै नुनिलो खानेकुरा पकाउनु हुदैँन, अन्यथा फुड प्वाइजन हुनसक्छ । पित्तलको भाडाँमा नुन र अम्लको प्रतिक्रिया हुन्छ ।

२) तामा
पहिलेको समयमा तामाको भाँडाको धेरै प्रयोग गरिन्थ्यो । पित्तलमा जस्तै यसमा पनि अम्ल र नुनको प्रतिक्रिया हुन्छ । त्यसैले तामाका भाडाँमा अमिलो परिकार पकाउनु हुदैँन ।

३) एल्मुनियम
अहिले प्रायः सबैको घरमा एल्मुनियमको भाडाँ हुने गर्दछ । चाडैँ अणु सक्रिय हुने भएकाले एल्मुनियम चाडै तातिन्छ । त्यसैले हल्का प्रकारको खाना एल्मुनियमको भाँडामा खाना पकाउनु हानिकारक हुन्छ ।

४) स्टेनलेस स्टिल
स्टेनलेस स्टिलको प्रयोग अहिले व्यापक मात्रामा हुने गरेको छ । यो एक मिश्रति धातु हो । यो कार्बन, क्रोमियम मिलेर बनेको हुन्छ । यसमा खाना पकाउँदा खासै असर गर्दैन ।

५) फलाम
फलामको भाँडामा पकाएको खानेकुरा खानु खासै अस्वास्थ्यकर हुँदैन । यसमा खाना पकाउँदा खानेकुरामा आइरनको मात्रा स्वत बढ्दछ । जो स्वास्थ्यकालागि फाइदाजनक छ ।

६) ननस्टिक
ननस्टिक अर्थात नटाँसिने भाँडामा खाना पकाउँदा खाना नटाँसिने भएकाले धेरै तेल, घिउको प्रयोग गर्नुपर्दैन । यद्यपी धेरै तताउँदा यस्तो भाँडाले रसायन उत्सर्जन भने गर्दछ ।
(एजेन्सीको सहयोगमा)