२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको शंका: विद्युत विधेयक, २०८० ले निजी क्षेत्रलाई बिस्थापित गर्ने हो की



file photo
अ+ अ-

सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधि सभामा विचाराधीन विद्युत विधेयक, २०८० बारे संघीय सांसद, विज्ञ र सरोकारवाला निकायसँग छलफल गरेको छ ।

काठमाडौँ । आईतवार बिहान संसद भवनमा नेपाली काँग्रेसको संसदीय दलको आयोजनामा प्रतिनिधि सभामा विचाराधीन विद्युत विधेयक, २०८० बारे संघीय संसद ( राष्ट्रिय सभा र प्रतिनिधि सभा) सदस्य विज्ञ र सरोकारवाला निकायसँग छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले विधेयक निर्माण गर्ने क्रममा संलग्न हुनुभएको सरकारका पदाधिकारी आमन्त्रित गरी छलफल गर्ने र विधेयकबारे धारणा बनाउने बताउनु भयो । उहाँले अहिलेको विधेयकले फेरि निजी क्षेत्रलाई बिस्थापित गर्ने हो की ? भन्ने चिन्ता व्यक्त भएको बताउनु भयो । उहाँले विद्युत ऐन, २०४९ लाई हेरेर राम्रो बनाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्युत सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ । अब हाम्रो अर्थतन्त्र नै वास्तवमा विद्युतसँगै सम्बन्धित छ । बढी भन्दा बढी विद्युत उत्पादन गरी त्यसलाई निर्यात गर्नसके बल्ल अर्थतन्त्त उकास्ने स्थिति छ । मुलुकको आर्थिक पक्षका लागि पनि सबैभन्दा महत्वपूर्ण विधेयक भएको हुनाले हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ । केही विशेषज्ञ र विज्ञ साथीहरु र सरोकारवालाहरुसँग हमीले छलफल गरेका छाँै । अब मंगलवार फेरि हामी ११ बजे खासगरी यो विधेयक निर्माण गर्ने क्रममा संलग्न हुनुभएको सरकारका पदाधिकारीसँग पनि आमन्त्रित गरेर छलफल गर्नेछ र सरकारका कुरा सुनेर नेपाली काँग्रेसले यसका बारेमा धारणा बनाउने, संशोधन हाल्न सहजीकरण गर्नेगरी छलफल गरिरहेका छौँ ।

यसमा मुलत: निजी क्षेत्रले लगानी गरिरहेको छ । धेरै ठूलो लगानी यो क्षेत्रमा छ । जति विद्युत उत्पादन गरिरहेका छाँै । यसमा पनि ठूलो हिस्सा प्राइभेट सेक्टरको नै छ । अहिलेको यो विधेयकले फेरि निजी क्षेत्रलाई बिस्थापित गर्ने हो की ? भन्ने चिन्ता व्यक्त भएको छ । विज्ञ साथीहरुले पनि यो भन्दा पहिलाको विद्युत ऐन, २०४९ र अहिलेका संशोधनका बीचमा कस्ता अन्तर छन् र यसलाई कसरी राम्रो बनाएर लैजान सकिन्छ ? भन्नेकुरा राख्नुभएको छ । विद्युत उत्पादनको क्षेत्रमा वैदेशिक लगानी पनि आकर्षित गर्नु छ भने आन्तरिक रुपमा लगानी गर्नेलाई पनि उचित वातावरण बनाएर जानुछ । विद्युत उत्पादनसँगै वितरणको विषय पनि छ । जनतालाई पनि गुणस्तरीय विद्युतको वितरण र कमसेकम मूल्यमा विद्युतमाथि जनताको पहुँच कसरी सुनिश्चित हुन्छ ? भन्नेकुरालाई हेर्न जरुरी छ ।’

प्रमुख सचेतक लेखकले विद्युत उत्पादनको क्षेत्रमा वैदेशिक लगानी पनि आकर्षित गर्नुका साथै आन्तरिक रुपमा लगानी गर्नेलाई पनि उचित वातावरण बनाएर लैजानुपर्ने बताउनु भयो । कम भन्दा कम मूल्यमा विद्युतमाथि जनताको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।