२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना प्रभावशाली नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

यसरी नेकपा एमाले प्रवेश गर्ने नेताहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल हुनुहुन्छ । 

तीनै जना नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी नेता एवं खानेपानी मन्त्री मणिचन्द्र थापाले पार्टीमा स्वागत गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन जना नेताहरुले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।