२० असार २०८३, शनिबार
,
Latest
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत विधेयकमा एमालेको आशंका– कतैबाट प्रेरित बन्न पुग्यो की



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद गोर्कण बिष्टले सरकारले संसदमा प्रश्तुत गरेको विद्युत विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथिको छलफलमा भाग लिँदै उहाँले विधेयक कहीँबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको हो । उहाँले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको बताउनु भयो । उहाँले कुनै समयमा गरिएको सम्झौता र शर्तहरुलाई प्राथमिकतामा राखेर ड्राफ्ट गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एकातिर प्रतिष्पर्धाको कुरा गरिएको छ तर अर्कोतिर फेरिपनि सोझै सम्झौतामार्फत ५ मेघावाट विद्युत सम्मपनि दिन सकिने गरी प्रावधानपनि राखिएको छ । यसले कुनै न कुनै हिसावले प्रतिस्पर्धालाई हतोत्साही गर्ने सम्भावना देखाएको छ । यस्ता अनेकन विषयमा प्रष्टता हुन जरुरी छ ।

यो विधेयकमा २०६५ सालमा पनि पर्याप्त प्रावधानहरु सहित संसदमा विधेयक प्रश्तुत गरिएको थियो । त्यसपछि पनि विभिन्न महत्वपूर्ण विषयहरुलाई समेटेर संसदमा प्रश्तुत गरिएको थियो । ति यावत् विषयहरुलाई यो ऐनले आँखा चिम्लेको छ वा बेवास्ता गरेको छ । अहिले कुनै न कुनै हिसावले यो विधेयक कहिँबाट अलि ज्यादा प्रेरित बन्न पुग्यो कि ? वा हाम्रो राष्ट्रिय हितलाई यसले आँखा चिम्लिन पुग्यो कि ? वा कुनै समयमा गरिएको सम्झौता र शर्तलाई प्राथमिकतामा राखेर यो ड्राफ्ट आयो कि भन्ने मेरो आशंका छ । यद्यपी मैले आरोप लगाउन चाहँदिन । तर यो विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्ने सन्दर्भमा पर्याप्त गृहकार्य गर्नु जरुरी छ । यसतर्फ गम्भिरता साथ ध्यान जाओस् ।’

उहाँले विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न पर्याप्त गृहकार्यको जरुरी रहेको बताउनु भयो ।