२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश र जनताको सेवामा समर्पित हुन गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री श्रेष्ठले देशमा शान्तिसुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन एवं संवेदनशील जिम्मेवारी निर्वाहका निम्ति बदलिँदो परिस्थितिअनुरुप आफूलाई ढाल्नुपर्ने बताउनुभयो ।

प्रविधि एवं आर्थिक समस्यासँगै बढिहेको सुरक्षा चुनौतीलाई परास्त गर्न उपलव्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै देश र जनताका निम्ति योगदान गर्नुपर्नेमा गृहमन्त्रीले जोड दिनुभयो ।

प्रहरी कर्मचारीको क्षमता वृद्धिलाई आफूले प्राथमिकतामा राखेको बताउँदै गृहमन्त्रीले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा परिचान हुने विशेष दस्ताका रुपमा विकास गर्न चाहेको जानकारी दिनुभयो । प्रतिकूल परिस्थितिमा देश र जनताको सेवामा हरहमेसा समर्पित हुन दीक्षित प्रहरी निरीक्षकहरुलाई उहाँले निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरकारबाट प्राप्त निर्देशन अक्षरसः पालना गर्दै सङ्गठनलाई अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले तालिम प्राप्त जनशक्तिलाई सङ्गठनको उद्देश्य प्राप्तिमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

४९ जना सशस्त्र प्रहरी निरीक्षक दीक्षित

आज राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरीका ४९ जना निरीक्षक दीक्षित भएका छन् । विभिन्न तीन चरणमा भएको तालिममा पाँच जना महिलासहित ४९ जनाको सहभागिता थियो । तालिम ५६ सातासम्म सञ्चालन भएको थियो । आज तालिम पूरा गरेका सबैजना आजैदेखि कार्य क्षेत्रमा खटिएका छन् ।

तालिमका उत्कृष्ट स्थान हासिल गरेका प्रहरी निरीक्षकहरु ज्ञानचन्द्र पराजुली, पुष्करबहादुर बम, एजन खड्का र रोशन घिमिरेलाई सम्मान पनि गरिएको थियो । रासस




भर्खरै