२६ असार २०८३, शुक्रबार
,
Latest
आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्करबाट विपिनको सन्देश– ‘१० जना साथी गुमायौं, हामी पनि खतरामा छौँ’



अ+ अ-

कैलाली । यतिबेला इजरायल र प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासको युद्धले इजरायल आतंकित रहेको छ । युद्धमा परी इजरायली क्षेत्रमा ७०० भन्दा बढीले ज्यान गुमाएका छन् भने गाजामा ४१३ जनाको मृत्यु भईसकेको छ । जसमा १० जना नेपाली विद्यार्थी पनि रहेका छन् ।

इजरायलमा रहेका नेपालीहरूले उद्धारमा सरकारले ढिलाइ गरिरहेको छ । सुदूर पश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपिन सुबेदीले भिडियो सन्देश पठाउँदै उद्धारमा ढिलाई हुँदा थप समस्या हुन सक्ने बताएका छन् । बङ्कर भित्र लुकेर बसेका सुबेदीसहित ५ जनाले उद्धारको अपिल गरेका छन् । उनीहरु ३ दिन देखि बङ्करमा रहेको बताएका छन् ।

भिडियोमार्फत उनले भनेका छन्, ‘हामी यहाँ पाँच जना छौं। अहिले देखिरहनुभएको छ-यो बंकर हो। हामी जहाँ बसिरहेका छौं। यो बंकरमा हामी करिब तीन दिन भयो बस्न थालेको। यो बंकरमा हिजो साँझदेखि हामीलाई एम्बेसीले उद्धार गर्छ कि भनेर लुगा लगाएर, लगाएजस्तो गरी बसिरहेका छौं। आश त्यति छ हामीलाई।’

‘अहिले यहाँ बिहानको ८ बजेको छ। बिहान भएर हामीलाई यो बनाउन आँट आइरहेको छ। जब साँझ पर्छ, यो बंकरमाथि पनि मिसाइल खस्दा एकदम दर्दनाक हुन्छ। हामीले १० जना साथी त गुमाइसक्यौं। अझै पनि हामी आफू पनि गुम्छौं कि भन्ने डर छ। १० जना साथीहरूले गरेको हार गुहार हामीलाई याद आउँछ’ उनी भन्छन्, ‘यहाँ आएर हाम्रो साथीहरूलाई जस्तै हामीलाई पनि बर्बरता पूर्वक मारो भने हामी पनि त्यसै गरि मर्ने ?’

धेरै समय बङ्करमा पनि रहन नसके उनीहरू बताउँछन् । ३९ जनामा १० जना गुमाइसकेको भन्दै बचेकाहरूलाई उद्धार गर्ने उनले आग्रह गरे। उनी भन्छन्, ‘हामी यत्रो ३९ जनामा १० जना त गुमाइसक्यौं। अझै पनि जति बचेका छौं, त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नी। देश फर्केर हामीले पनि त केही न केही गर्थ्यौं होला। केही न केही चाहि गरिदियोस्।’