२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकेश अम्बानी बने सबैभन्दा धनी भारतीय



अ+ अ-

एजेन्सी । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी अदानी समूहका अध्यक्ष गौतम अडानीलाई पछि पार्दै सबैभन्दा धनी भारतीय बनेका छन् ।

मंगलबार जारी ‘३६० वन वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२३’ मा अम्बानी ८.०८ लाख करोड रुपैयाँको सम्पत्तिका साथ शीर्ष स्थानमा छन् ।

यस सूचीमा गौतम अडानी दोस्रो स्थानमा झरेका छन्, हाल उनको सम्पत्ति ४.७४ लाख करोड रुपैयाँ छ । हिन्डनबर्ग रिसर्च रिपोर्टका कारण अडानीको नेटवर्थमा उल्लेख्य गिरावट आएको छ ।

सीरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस एस पूनावाला २.७८ लाख करोड रुपैयाँको सम्पत्तिसहित तेस्रो स्थानमा कायमै छन् । एचसीएलका शिव नाडर २.२८ लाख करोड रुपैयाँको सम्पत्तिका साथ चौथो स्थानमा छन् भने गोपीचन्द हिन्दुजा १.७६ लाख करोड रुपैयाँको सम्पत्तिका साथ पाँचौं स्थानमा छन् ।