काठमाडौं । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीद्वारा नयाँ गजुरको पूजापछि धरहराको टुप्पामा गजुर राख्ने भएको छ। यही वैशाख ११ गते प्रधानमन्त्रीद्वारा नवनिर्मित धरहराको उद्घाटन गर्ने भएपछि दिनरात कामदारहरु निर्माणमा जुट्दै छन् ।

















