२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन बैंकद्वारा जिल्ला प्रहरी परिसर काठमाण्डौंलाई चेस्ट स्ट्राप र गोप्रो हस्तान्तरण



अ+ अ-

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाण्डौंलाई रुपैयाँ दुई लाख सतसठ्ठी हजार पाँच सय बराबरको Insta 360 Chest Strap सहित पाँच थान Gopro Hero 9 क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंको अनुरोधको आधारमा काठमाण्डौं जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले काठमाण्डौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक श्री कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गर्नु भयो । उक्त समारोहमा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत श्री उज्वल राजभण्डारी र मुख्य प्रबन्धक श्री समीर आचार्यको पनि उपस्थिति रहेका थियो ।




भर्खरै