२६ असार २०८३, शुक्रबार
,
Latest
माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान, गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सक्दैन: मन्त्री भुसाल



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको र त्यस लक्ष्यलाई प्राप्त गर्न सबै एकजुट भएर कृषिमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले पनि करिव १३ लाख मेट्रिक्टन धान, करिव ४ लाख मेट्रिक्टन गहुँ अपुग रहेको बताउनु भयो । उहाँले मुख्यत: धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना बनाएर काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले यो वर्ष कम्तिमा पनि १ लाख मेट्रिक्टन क्षेत्रफलमा चैते धान लगाउन र ६ देखि ७ लाख मेट्रिक्टनसम्म धान उत्पादन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा हामीले हाम्रो खाद्य सुरक्षा मात्रै होइन, खाद्य सम्प्रभुताको विषयलाई पनि ऐन बनाएर व्यवस्थित बनाएका छौँ । हामीले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने भनेका छौँ ? कसरी हुने ? त्यसमा केन्द्रित हुनुपर्छ । अहिले पनि हाम्रा मुख्य बाली, धान, गहुँ र मकैलाई हामीले विशेष जोड गरेर उत्पादन गरेनौँ भने हामी त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौँ । अहिले पनि करिव १३ लाख मेट्रिक्टन धान अपुग छ । करिव ४ लाख मेट्रिक्टन गहुँ अपुग छ । मकै पनि अपुग छ ।’

‘अन्य वस्तुहरु पनि आयात गरेका छौँ । मुख्यत: धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना नबनाइकन धेरै कुराले केही पनि काम गर्दैन । कसरी हामीले १३ लाख मेट्रिक्टन धान उत्पादन गर्ने ? त्यसबारेमा सोच्नुपर्छ । भारतले धान, चामल निर्यात गर्दिन भन्ने निर्णय गरेको छ, दुई वर्षको लागि निर्यात गर्छौं नेपाललाई भनेको छ, तर अर्को वर्ष दिएन भने के गर्ने ? त्यसैले यो वर्ष कम्तिमा पनि १ लाख मेट्रिक्टन क्षेत्रफलमा चैते धान लगाऔँ । जहाँबाट ६ देखि ७ लाख मेट्रिक्टनसम्म धान उत्पादन गर्न सकिन्छ ।’

मन्त्री भुसालले पूर्वदेखि पश्चिमका नदी प्रणालीलाई जोड्ने गरी नहर निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले यसका लागि बहुउद्देश्यीय योजना बनाएर अघि बढेमात्रै सोचेअनुरुपको काम गर्न सकिने बताउनु भयो ।