२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लाष्टिक वा बोतलको अचारले लाग्न सक्छ यस्ता रोगहरु, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । अधिकांश मानिस खानासंग खाना अचार खाने गर्छन् । खाना रुचेनको बाहानामा वा स्वाद बढाउन भन्दै अचारको प्रयोग खानासँग गर्छन् । तत्काल भान्सामा बनाइएको अचार स्वास्थ्यकालागी हानिकारक हुँदैन तर बोतल वा प्लाष्टिकमा बन्द प्याक अचारले स्वास्थ्यमा बिभिन्न रोगको खतरा बढाउने गर्दछ । 

के-के हुन् त खतरा ?

१) क्यान्सर : अचारमा सोडियमको मात्रा धेरै हुने भएकाले अचार खाँदा शरिरमा पनि यसको मात्रा बढ्ने गर्दछ । यसले पेटको क्यान्सर हुने खतरा बढाउँछ ।

२) हृदयघात : धेरै अचार खाँदा रक्तसंचार बिग्रने गर्दछ । यस्तोमा स्ट्रोक तथा हृदयघातको खतरा बढ्ने गर्दछ ।

३) तौल बढाउँछ : अचारमा हुने सोडियमले शरिरमा आइरनको मात्रालाई कम गरिदिन्छ र शरिरमा बोसो बढ्ने गर्दछ । फलत मानिसमा मोटोपन बढ्दै जान्छ ।

४) रक्तचाप : धेरै अचार खादाँ सोडियमका कारणले उच्च रक्तचापको जोखिम पनि बढ्ने गर्दछ ।

५) मृगौला : अचारमा पाइने सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । जसले पत्थरीको समस्या निम्त्याउँछ ।

६) मधुमेह : गुलियो अचारमा चिनीको मात्रा धेरै हुन्छ । यसले खानामा मधुमेह रोगको सम्भावना हुन्छ ।

(एजेन्सीको सहयोगमा)