२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई बचाउने र बनाउने भए निर्णायक आन्दोलनको तयारीमा जुटौं : कमल थापा



अ+ अ-

ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको ललितपुर जिल्ला कार्य समितीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले ०६२र०६३ को परिबर्तन पछि मुलुकमा लागू गरिएको ‘रोडम्याप’ ले मुलुकलाई गति दिन नसकिने दाबी गरे । अब राजा सहितको प्रजातन्त्र , सर्ब धर्म समभाब र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुअधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आबश्यक रहेको जिकिर गर्दै थापाले मुलुकमा कायम भ्रष्टाचार,बेतिथी,धर्म परिबर्तन र कुशासनको अन्त्यको लागि आन्दोलनमा जोड दिए ।

संगठन निर्माण सङ्गै आन्दोलनको ब्यापक तयारीमा जुट्न समेत थापाले आग्रह गरे। मुलुकमा रहेको ब्रम्हलुटको अन्त्य र प्रमुख दलका केहि प्रमुख नेताहरुको सेण्टिगेटले मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए ।

कार्यक्रममा महामन्त्री भाष्कर भद्रा, जिल्ला अध्यक्ष सुदर्शन केसि लगायत भातृ संगठनका प्रमुखहरुले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमबाट आगामी असोज २७ गते राप्रपा नेपाल ललितपुरको आयोजनामा लगनखेलमा सभा गर्ने निर्णय गरेको छ ।




भर्खरै